कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो

आप्रवासन आप्रवासन

 

मुजफ्फराबाद । पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् ।

प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आरोप लगाइएको छ । आइतबार राति रावलाकोटमा भएको हिंसात्मक झडपमा कम्तीमा ११ जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान सुरु गरेको छ । 

त्यसयता मंगलबारसम्ममा मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यसैगरि, क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएसीका चार प्रमुख नेताविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश दिएको छ । साथै उनीहरूलाई पक्राउ गराउन १ करोड पाकिस्तानी रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।

जेएएसीले जुलाई २७ मा हुने क्षेत्रीय विधानसभाको निर्वाचनमा १२ सिट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै क्षेत्रव्यापी बन्दको आह्वान गरेको हो । ती सिटहरू पाकिस्तानका अन्य भागमा विवादको मुख्य कारण ४५ सदस्यीय विधानसभामध्ये १२ सिट शरणार्थीका लागि आरक्षित गर्ने निर्णय बनेको बताइएको छ ।

अधिकारवादी समूह जोइन्ट अवामी एक्सन कमिटी (जेएएसी) ले यस कदमलाई स्थानीय जनमत दबाउने राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गर्दै आन्दोलन आह्वान गरेको थियो । सडकमा मुख्यतः प्रहरीका सवारीसाधन मात्र देखिएका थिए ।