दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

आप्रवासन आप्रवासन

 

दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ । यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो ।

दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि, विशेषगरी सेमिकन्डक्टरको उच्च मागका कारण आर्थिक वृद्धिलाई प्रमुख रूपमा सहयोग पुगेको हो । यस अवधिमा निर्यात ५.९ प्रतिशतले बढेको छ भने आयात ३.९ प्रतिशतले वृद्धि भएको छ ।

निजी उपभोग ०.६ प्रतिशतले बढेको छ भने सरकारी खर्च ०.४ प्रतिशतले घटेको देखिएको छ । गानी क्षेत्रतर्फ हेर्दा उपकरण लगानी ६.६ प्रतिशतले र निर्माण लगानी १.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै नाम मात्र कुल राष्ट्रिय आय पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ११।० प्रतिशतले बढेको छ, जसले देशभित्र र बाहिर कमाइ हुने कुल आयलाई जनाउँछ ।

मूल्य परिवर्तन मापन गर्ने डिफ्लेटर पनि सोही अवधिमा १२.९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।