इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल

आप्रवासन आप्रवासन

 

इन्डोनेसियाको सैन्य अदालतले मानवअधिकारकर्मी एन्ड्री युनुसमाथि एसिड आक्रमण गरेको अभियोगमा चार जना सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ ।

अदालतले एक अभियुक्तलाई तीन वर्ष, अर्कोलाई दुई वर्ष छ महिना, तेस्रोलाई दुई वर्ष र चौथोलाई एक वर्ष छ महिना कैद सजाय सुनाएको हो । 

उनीहरू सबै इन्डोनेसियाली सेनाको रणनीतिक गुप्तचर एजेन्सी (बीएआईएस) का सदस्य हुन् ।
२७ वर्षीय युनुसमाथि गत मार्च १२ मा राजधानी जकार्तामा मोटरसाइकल चलाइरहेका बेला एसिड प्रहार गरिएको थियो । उक्त आक्रमणबाट उनको एउटा आँखाको दृष्टि गुमेको थियो भने अनुहार र शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

अभियोजन पक्षले सैनिकहरू युनुसको मानवअधिकार गतिविधिप्रति आक्रोशित भएर आक्रमणमा संलग्न भएको जनाएको छ । युनुस राष्ट्रपति प्रबोवो सुबियान्तो सरकारको सैन्य प्रभाव विस्तार गर्ने नीतिका कडा आलोचक मानिन्छन् । 
घटनाको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेको थियो । मानवअधिकारकर्मीमाथिको आक्रमणपछि व्यापक आलोचना भएपछि सम्बन्धित सैन्य गुप्तचर एजेन्सीका प्रमुखले पदबाट राजीनामा दिएका थिए ।
एजेन्सी