‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’

आप्रवासन आप्रवासन

 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग हुन लागेको सम्झौताले पश्चिम एसियाको भविष्यलाई आगामी ५० वर्षका लागि आधारभूत रूपमा परिवर्तन गर्न सक्ने बताएका छन् ।

‘विश्वको यो भूभाग मेरो सम्पूर्ण जीवनकाल र त्यसअघि पनि समस्याग्रस्त रहँदै आएको छ,’ आइतबार फक्स न्युजलाई दिएको अन्तरवार्तामा भान्सले भने ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट उत्पन्न खतरा अन्त्य गर्न सफल भएको दाबी पनि गरे । भान्सका अनुसार अब पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ युग निर्माण गर्ने अवसर सिर्जना भएको छ ।  

‘अब हामी पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ चरणतर्फ अघि बढ्न सक्छौँ,’ उनले भने । यस प्रक्रियाबाट अमेरिकी जनताले पनि आर्थिक लाभ प्राप्त गर्न सक्ने उल्लेख गर्दै पश्चिम एसियामा स्थायित्व र आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुल्ने विश्वास उनले व्यक्त गरे ।