जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज

आप्रवासन आप्रवासन

 

जापानको केन्द्रीय बैंकले प्रमुख ब्याजदर बढाएको छ । विश्वभर ऊर्जाको भाउमा भइरहेको वृद्धिपछि ३१  वर्षयता पहिलो पटक बैंक अफ जापान (बेओजे)ले नीतिगत दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर १ प्रतिशतमा पुर्‍याएको छ ।

इरान युद्धका कारण जीवनयापन खर्च बढेपछि विश्वभर केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको बेलामा यो निर्णय आएको हो । सम्पत्ति र शेयर लगायत सम्पत्तिको मूल्य वृद्धिको फोका फुटेपछि उत्पन्न अस्तव्यस्ततासँग लड्न १९० को दशकमा जापानले आक्रामक रुपमा ब्याजदर घटाएको थियो । 

अपस्फीति र वृद्धिदर स्थिर रहेकोले झन्डै २ दशकसम्म जापानमा ब्याजदर शून्यको स्तर नजिक रह्यो । २० वर्षको अफस्फीतिपछि जापान अहिले मुद्रास्फीतिको अपसाइकलमा रहेको अर्थशास्त्री जेस्पर कोलले बीबीसीलाई भने । जापानमा अब आकस्मिक वा संकट व्यवस्थापन गर्ने मौद्रिक नीति नचाहिएकोले बीओजे सामान्य मौद्रिक नीतिमा फर्किन चाहेको उनले बताए ।

पछिल्लो समय मुद्रास्फीति घटाउने दबाबमा बीओजे थियो । इरान युद्धका कारण जापानमा महँगी बढेको छ । मेमा एक वर्ष अघिको तुलनामा खुद्रा मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको थियो । यो दर ३ वर्षयताकै तीव्र हो । तर समग्रमा भने मुद्रास्फीति दर अप्रिल १ दशमलव ४ प्रतिशत थियो । यो बीओजेको २ प्रतिशतको लक्ष्यभन्दा कम हो ।