अमेरिकी प्रविधि कम्पनी डेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल डेलले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासलाई ७५० मिलियन अमेरिकी डलर दान गरेका छन्।
यसलाई हालैका वर्षहरूमा निजी क्षेत्रबाट उच्च शिक्षामा गरिएको सबैभन्दा ठुलो दानमध्ये एक मानिएको छ । माइकल डेलले यसअघि पनि शिक्षा, स्वास्थ्य र बालकल्याणसम्बन्धी विभिन्न परोपकारी कार्यहरूमा ठुलो रकम योगदान गर्दै आएका छन्।
युनिभर्सिटी अफ टेक्सासका अनुसार, यो सहयोग शैक्षिक संस्थाको विकास, अनुसन्धान तथा विद्यार्थी सहायता कार्यक्रमलाई सुदृढ बनाउन प्रयोग गरिनेछ। यसले विश्वविद्यालयको दीर्घकालीन शैक्षिक कार्यक्रम विस्तार, प्रविधि तथा अनुसन्धान क्षमतामा सुधार र छात्रवृत्ति कार्यक्रम विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डेल स्वयं सन् १९८३ मा युनिभर्सिटी अफ टेक्सासमा चिकित्सा शास्त्र अध्ययनका लागि भर्ना भएका थिए । युनिभर्सिटीमा रहँदै उनले कम्प्युटरका पाटपुर्जा बिक्री वितरण गर्न थालेका थिए। तर, बीचैमा युनिभर्सिटी छोडेर व्यवसायमा लागेर १९८४ मा डेक कम्पनीको सुरुवात गरेका थिए।