इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागन

आप्रवासन आप्रवासन

 

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध तथा अन्य गैरसैन्य खर्चहरू व्यवस्थापन गर्न थप ८० अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । द वाल स्ट्रिट जर्नलको समाचारअनुसार अमेरिकी उपरक्षा सचिव स्टेफन फाइनबर्गले यस साता सांसदहरूलाई विभागलाई उक्त रकम आवश्यक रहेको जानकारी दिएका हुन् ।

समाचारमा उल्लेख भएअनुसार अमेरिकी प्रशासनले निकट भविष्यमा संसदमा अतिरिक्त बजेटसम्बन्धी औपचारिक प्रस्ताव पेस गर्न सक्छ । उक्त प्रस्तावमा पेन्टागनका लागि मात्र नभई रक्षा बाहिरका विभिन्न सरकारी प्राथमिकताका कार्यक्रमका लागि पनि रकम समावेश हुने अपेक्षा गरिएको छ ।

अमेरिका र इजरायलको इरानविरुद्धको युद्धको कुल लागत अझै स्पष्ट भइसकेको छैन । तर विभिन्न आर्थिक तथा सुरक्षा विशेषज्ञहरूले यस द्वन्द्वले अमेरिकी अर्थतन्त्रलाई १० खर्ब डलरसम्मको भार पर्न सक्ने अनुमान गरेका छन् ।