गाजा शहरमा इजरायली हवाई आक्रमण, दुई बालिकासहित ५ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

गाजा शहरको मध्य र उत्तरी क्षेत्रमा शनिवार इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा परी दुई बालिकासहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ।

गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो।

हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम शुरु भए यता गाजामा हालसम्म १ हजार १२ जनाको मृत्यु भएको छ भने ३ हजार २०८ जना घाइते भएका छन् 

यसैगरी मानवीय सहायताको अवस्थाबारे जानकारी दिँदै उक्त कार्यालयले इजरायली सेनाले हालसम्म सहायता सामग्री बोकेका १ लाख ५० हजार ६ सय ट्रकहरूमध्ये ५४ हजार २३ वटालाई मात्र गाजा प्रवेशको अनुमति दिएको जनाएको छ।

त्यस्तै, सीमा पार गर्न अनुमति पर्खिरहेका २० हजार ६ सय व्यक्तिमध्ये हालसम्म ७ हजार ४ सय १७ जनाले मात्र अनुमति पाएको उल्लेख गरिएको छ।