तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक

आप्रवासन आप्रवासन

 

इराकले आफ्नो तेल उत्पादन कोटा उल्लेखनीय रूपमा नबढाइए पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक समेत छाड्न चेतावनी दिइको छ । 

इराकले सबै विकल्पहरूबारे विचार गरेको वरिष्ठ इराकी तेल मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचार लेखेको छ । समाचार अनुसार कोटा वृद्धिको माग पूरा नभए देशले थप कडा कदमबारे विचार गर्न सक्नेछ ।

रोयटर्ससँग कुरा गरेका छुट्टाछुट्टै स्रोतहरूका अनुसार इराकी अधिकारीहरूले विगतमा ओपेक छोड्ने सम्भावनाबारे समेत छलफल गरेका थिए । यद्यपि हालको योजना भने ओपेकमै रहेर उच्च उत्पादन कोटा प्राप्त गर्ने प्रयास गर्ने रहेको बताइएको छ ।

इराकले साँच्चै ओपेकबाट बाहिरिने निर्णय ग‍र्यो भने यसले संगठनलाई अर्काे ठूलो झट्का दिन सक्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि वर्ष ओपेकबाट बाहिरिने निर्णय गरिसकेको छ । इराक ओपेकका पाँच संस्थापक सदस्यहरूमध्ये एक हो ।

इराकी अधिकारीका अनुसार इरान युद्धको प्रभाव र त्यसपछिको आर्थिक दबाबका कारण देश गम्भीर वित्तीय संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा तेल उत्पादन कोटा उल्लेखनीय रूपमा बढाउनु देशका लागि अत्यावश्यक भएको बताइएको छ । इराकको अर्थतन्त्र मुख्यतः तेल निर्यातमा निर्भर छ । उत्पादन सीमित हुँदा सरकारी आम्दानीमा असर पर्ने भएकाले बग्दादले आफ्नो कोटा पुनरावलोकन गर्न जोडदार माग गरिरहेको छ ।