अमेरिका सरकारले भूकम्पबाट प्रभावित ....लाई तत्काल खोज तथा उद्धार टोली, स्वास्थ्य सामग्री र मानवीय सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार बिहान सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सहायता अभियान सुरु गरिएको बताएका हुन् ।
रुबियोले आफ्नो सन्देशमा भेनेजुएलामा आएको विनाशकारी भूकम्पप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूप्रति समवेदना प्रकट गरेका छन् ।
उनले भने– ‘भेनेजुएलाका जनताप्रति अमेरिकाको हार्दिक समवेदना छ । भूकम्पका कारण ज्यान गुमाएकाहरूका परिवार, घाइते भएका नागरिक तथा घटनापछि निरन्तर उद्धारमा खटिएका साहसी उद्धारकर्मीहरूसँग हाम्रो मन जोडिएको छ ।’ अमेरिकाले पठाउने सहयोगमा खोज तथा उद्धार विशेषज्ञ टोली, आपत्कालीन स्वास्थ्य सेवा तथा मानवीय राहत सामग्री समावेश रहने बताइएको छ । यस कदमले भूकम्पपछि उद्धार, उपचार र राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भूकम्पले प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य जारी रहेको छ भने विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोगको प्रतिबद्धता जनाइरहेका छन् ।