फिनल्यान्डमा नेपाली विद्यार्थी

फिनल्यान्डले नेपाली विद्यार्थीलाई प्राथमिकता दिने

आप्रवासन आप्रवासन

फिनल्यान्डले नेपाली विद्यार्थीको अध्ययन आवासीय अनुमति पत्रलाई प्राथमिकता दिने भएको  । फिनल्यान्डले अगामी जुन र जुलाई महिनाको लागि आवासीय अनुमति आवेदनमा नेपालसहित भारत र युएईका आवेदकलाई प्राथमिकतामा राख्ने भएको हो।

फिनल्यान्डको विदेश मन्त्रालयले नेपाल, भारत र युएईमा रहेका दूतावासमार्फत सो प्रक्रियामा तीव्रता दिइने जनाएको हो । मन्त्रालयले अगामी सेप्टेम्बरको शैक्षिक सत्रका लागि नेपालीसहितका अन्य दुई देशका आवेदकलाई प्राथमिकतामा राखेको जनाएको हो ।

सेप्टेम्बरको शैक्षिक सत्रका लागि जुन र जुलाई महिनामा आवेदन माथि जाँच गरिन्छ ।

विद्यार्थी आवास अनुमतिका लागि फिनल्यान्डले २०२४ देखि लागू गरेको आम्दानीको थ्रेसहोल्ड पूरा गर्नुपर्ने हुन्छ । जुन आवेदकले गर्ने काम वा स्थितिको आधारमा फरक छ ।

अध्ययन आवासीय अनुमति पत्रका लागि आवेदकहरूले फिनल्यान्डको विश्वविद्यालय वा कलेजको एडमिसन लेटर र उनीहरूको शैक्षिक कार्यले डिग्री वा पेसातर्फ डोल्याउनेछ भन्ने प्रमाण प्रस्तुत गर्न आवश्यक हुन्छ ।

यस्तै, विद्यार्थी भिसा आवेदकले प्राथमिकता पाउने भएपछि यसको असर डिपेन्डेन्ट भिसा आवेदनमा समेत पर्ने छ । आवेदकले धेरै समय प्रतीक्षा गर्नुपर्ने हुँदा डिपेन्डेन्ट भिसाका लागि जुन महिनाअघि वा जुलाईपछि अपोइन्टमेन्ट बुक गर्न भनिएको छ ।