सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी

आप्रवासन आप्रवासन

 

 विश्वव्यापी जहाज ट्र्याकिङ सेवा प्रदायक मरिन ट्राफिकका अनुसार सुरक्षा जोखिम बढे पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवागमन सप्ताहन्तभर जारी रहेको छ । 

कम्पनीले शुक्रबार र शनिबार दुईवटा जहाजमाथि आक्रमण भएको घटनाबीच पनि तीन दिनमा १०८ वटा प्रमाणित जहाज आवागमन भएको जनाएको छ ।स्ट्रेट  भएर जुन २६ मा ४८ वटा, जुन २७ मा ३८ वटा र जुन २८ मा २२ वटा जहाज आवागमन गरेका छन् ।

यद्यपि यो संख्या आक्रमणअघि देखिएको अवस्थाभन्दा कम हो । कम्पनीका अनुसार २४ जुनमा ७० वटा जहाजले स्ट्रेट  अफ होर्मुज आरपार गरेका थिए । यो फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व सुरु भएयताको सबैभन्दा उच्च हो । 

द्वन्द्व सुरु हुनुअघि यस जलमार्गबाट दैनिक करिब १३० देखि १४० वटा जहाज आवतजावत गर्ने गरेका थिए ।