अमेरिकालाई साथ दिएको मूल्य यूएईले चुकाउनुपर्नेछ : इरान

आप्रवासन आप्रवासन

 

अमेरिकालाई सहयोग दिएको आरोप लगाउँदै  संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने इरानले बताएकाे छ । 

इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले हालै इरानमाथि भएका अमेरिकी आक्रमणमा यूएईले सहयोग गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् । बीबीसी फारसीका अनुसार कोसारीले भने, यूएईले आफ्ना गतिविधिमार्फत आफूलाई इरानका शत्रुहरूको पक्षमा उभ्याएको छ । उसले यो समर्थनको मूल्य निकै महँगो पर्ने बताए । 

उनले इरानी सशस्त्र बलको जनरल स्टाफले यसअघि नै इरानविरुद्ध आक्रमण गर्ने शक्तिलाई कुनै पनि प्रकारको सहयोग गरे कडा जवाफ दिइने चेतावनी दिएको स्मरण गराए ।  कोसारीका अनुसार यदि इरानमाथि थप आक्रमण भयो भने इरानी सशस्त्र बलले यूएईको समुद्री, रेल र हवाई यातायातसँग सम्बन्धित पूर्वाधारका साथै तेल र ग्यास उद्योगलाई पनि निशाना बनाउनेछ ।