यदि तपाईंको Emirates ID सकिने म्याद नजिकिँदैछ भने वा Emirates ID सकिन लागेकै कारण बैंकबाट SMS आएको छ भने, तुरुन्त KYC (Know Your Customer) अपडेट गर्नुहोस् ।
कसरी अपडेट गर्ने भन्नेबारे अनविज्ञ हुनहुन्छ भने यो भिडियो तपाईको लागि हो । तपाईंको KYC अपडेट नगरेमा तपाईंको बैंक खाता ब्लक हुन सक्छ – ATM, डेबिट/क्रेडिट कार्ड चल्दैन, रकम झिक्न सकिँदैन, अनलाइन ट्रान्जेक्सन पनि रोकिन्छ । UAE को केन्द्रीय बैंकले सबै बैंकलाई AML (Anti-Money Laundering) नियमअनुसार KYC अपडेट अनिवार्य गरेको छ ।
KYC अपडेट गर्ने ३ सजिला तरिका:
1. मोबाइल एप वा वेबसाइटबाट
• बैंक एप/वेबसाइट खोल्नुहोस्
• प्रोफाइल सेटिङमा “Emirates ID Update” विकल्प छान्नुहोस्
• ID अगाडि-पछाडि फोटो अपलोड गर्नुहोस्
• आवश्यक कागजातहरू अपलोड गरेर प्रक्रिया पूरा गर्नुहोस्
2. ATM बाट
• कार्ड हालेर पिन प्रविष्ट गर्नुहोस्
• “ID Update” विकल्प थिच्नुहोस्
• नयाँ Emirates ID कार्ड ATM मा हाल्नुहोस्
• नाम र ID देखिन्छ, Confirm गर्नुहोस्
• OTP आएमा मोबाइलमा आएको कोड हाल्नुहोस्
3. बैंक शाखा वा फोनमार्फत
• बैंक शाखामा जानुहोस् वा कस्टमर केयरमा फोन गर्नुहोस्
• Emirates ID र अन्य आवश्यक कागजातहरू लैजानुहोस्
आवश्यक कागजातहरू
• नयाँ Emirates ID
• राहदानी (Passport)
• Residence Visa
• बासोबास प्रमाण (भाडा सम्झौता या बिजुली/पानीको बिल)
• आम्दानी स्रोत (काम गर्ने कम्पनीको विवरण)
कागजातहरू PDF, JPG, JPEG वा PNG फारम्याटमा अपलोड गर्न सकिन्छ ।