अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी

आप्रवासन आप्रवासन

 

अमेरिकी तेल प्रतिबन्ध पुनः लागू भए पनि आफ्नो कच्चा तेलको निर्यात सामान्य रूपमा जारी रहेको इरानले जनाएको छ । 

इरानका तेलमन्त्री मोहसेन पाकनेजादले मंगलबार आफ्नो आधिकारिक टेलिग्राम खातामार्फत तेल मन्त्रालयले वर्षौंदेखि अमेरिकी प्रतिबन्धको प्रभावलाई निष्प्रभावी बनाउने संयन्त्र विकास गर्दै आएको बताएका छन् ।  उनका अनुसार अमेरिकाले तेल प्रतिबन्ध पुनः लागू गरे पनि इरानको तेल निर्यातमा कुनै समस्या नआउने र निर्यात नियमित रूपमा जारी रहनेछ । 

गत साता अमेरिकाले इरानमाथिको ६० दिने तेल प्रतिबन्ध छुटको व्यवस्था रद्द गर्दै पुनः पूर्ण प्रतिबन्ध लागू गरेको थियो । 

यो निर्णय स्ट्रेट अफ होर्मुज तथा त्यस आसपास तीनवटा तेल ट्यांकर अज्ञात वस्तुको आक्रमणमा परेको जानकारी बेलायती नौसेनासँग आबद्ध युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले सार्वजनिक गरेपछि आएको थियो ।