इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक

आप्रवासन आप्रवासन

 

 जोर्डनस्थित अमेरिकी सैन्य आधारमा भएको घातक आक्रमणले इरानले अझै पनि लामो दूरीका हतियार प्रयोग गर्ने रणनीति नत्यागेको सङ्केत दिएको एक सुरक्षा विश्लेषकले बताएका छन् ।सीएनएनसँग कुरा गर्दै अमेरिकी वायुसेनाका अवकाशप्राप्त कर्णेल सेड्रिक लेटनले जोर्डनको अल–अजराक हवाई अड्डामा भएको आक्रमणले इरान अझै टाढासम्म प्रहार गर्न सक्ने क्षमतायुक्त हतियार प्रयोग गर्न इच्छुक रहेको देखाएको बताए ।

उनका अनुसार उक्त आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता छन् । लेटनले भने, ‘जोर्डनको अल–अजराक हवाई अड्डामाथिको आक्रमण, जहाँ दुई अमेरिकी सैनिक मारिए र एक जना बेपत्ता छन्, त्यसले इरान अझै लामो दूरीका हतियार प्रणाली प्रयोग गर्न तयार रहेको देखाउँछ । ’ 

उनले अमेरिकी सेनाले पनि पछिल्ला दिनहरूमा इरानको पश्चिमी क्षेत्रमा आक्रमण तीव्र बनाएको बताए । यही क्षेत्रबाट इरानले लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने भएकाले अमेरिकी सैन्य कारबाही केन्द्रित भएको उनको भनाइ छ । लेटनका अनुसार अमेरिका र इरानबिच पछिल्ला केही दिनयता आक्रमण–प्रतिआक्रमणको गति उल्लेखनीय रूपमा बढेको छ । ‘हामीले पहिले चर्चा गरेको युद्धको लय पछिल्ला केही दिनमा स्पष्ट रूपमा तीव्र भएको छ,’ उनले भने ।