इरान र ओमानबिच स्ट्रेट अफ होर्मुजबारे वार्ता

आप्रवासन आप्रवासन

 

इरान र ओमानका उपविदेशमन्त्रीहरूले पछिल्ला दुई दिन तेहरानमा स्ट्रेट अफ होर्मुजबारे उच्चस्तरीय वार्ता गरेका छन् ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आइतबार टेलिग्राममार्फत यसको जानकारी दिएका हुन् । बाघाईका अनुसार दुवै पक्षले स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र कार्यान्वयन संयन्त्रबारे विचार आदानप्रदान गरेका छन् ।

साथै, वार्तामा दुवै तटीय राष्ट्रका सार्वभौम अधिकारको सम्मान गर्ने विषयमा पनि सहमति व्यक्त गरिएको छ । उनले वार्ता रचनात्मक भएको र विभिन्न विषयमा प्रगति हासिल भएको बताएका छन् । बाघाईका अनुसार हालसम्म स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री यातायातको अवस्थामा कुनै परिवर्तन आएको छैन । उनले ओमानी प्रतिनिधिमण्डल तेहरानबाट फर्किसकेको र दुवै देशबिच प्राविधिक तथा राजनीतिक तहमा परामर्श निरन्तर जारी रहेको जानकारी दिएका छन् ।