अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त

आप्रवासन आप्रवासन

 

हालैका अमेरिकी आक्रमणका क्रममा देशका १२ वटा पुल र दुई वटा सुरुङ क्षतिग्रस्त भएको इरान सरकारले जनाएको छ । 

सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले मंगलबार आयोजित टेलिभिजन पत्रकार सम्मेलनमा सार्वजनिक पूर्वाधारसँगै सर्वसाधारणको निजी सम्पत्तिमा पनि व्यापक क्षति पुगेको बताइन् । उनका अनुसार आक्रमणका कारण स्थानीय नागरिकका घर, व्यवसाय तथा अन्य निजी सम्पत्तिमा ठूलो नोक्सानी भएको छ ।

मोहाजेरानीले विशेषगरी तटीय क्षेत्रमा रहेका माछा मार्ने डुंगाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको जानकारी दिइन् ।  ती डुंगा स्थानीय मछुवाहरूको जीविकोपार्जनको मुख्य आधार रहेको उनले बताइन् । उनले पर्यटन व्यवसाय पनि आक्रमणबाट प्रभावित भएको उल्लेख गर्दै होटल, सेवा क्षेत्र तथा पर्यटनसँग सम्बन्धित अन्य गतिविधिमा उल्लेखनीय क्षति पुगेको दाबी गरिन् ।