सोमबारदेखि इरानसँग नयाँ चरणको वार्ता सुरु हुने

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने बताएका छन्। खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू र तेहरानको आग्रहपछि आफूले इरानमाथि प्रस्तावित नयाँ सैन्य आक्रमण केही समयका लागि स्थगित गरेको बताउँदै उनले यस्तो जानकारी गराएका हुन् ।

आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमाथि दोस्रो विश्वयुद्धपछिकै ‘सबैभन्दा ठूलो आक्रमण’ गर्ने योजना बनाएको भए पनि कूटनीतिक प्रयासलाई अवसर दिन उक्त योजना रोकेको बताए । ‘स्पष्ट रूपमा भन्नुपर्दा, उनीहरू आक्रमण होस् भन्ने चाहँदैनन्। आक्रमणको तयारी भइरहेको उनीहरूले देखेका थिए, त्यसैले त्यसको परिमाणबारे उनीहरूलाई थाहा थियो,’ ट्रम्पले भने।

उनले इरानसँगको वार्ता सोमबार दिउँसो सुरु हुने जानकारी दिए। तर वार्ता कहाँ हुने र त्यसमा को–को सहभागी हुने भन्नेबारे भने उनले खुलाएनन्। शनिबार ट्रम्पले सम्भावित सम्झौताको ‘ढाँचा’ तयार भएको संकेत गर्दै इरानमाथिको आक्रमणसम्बन्धी आफ्नो चेतावनीबाट पछि हटेका थिए।