अस्ट्रेलियामा एच५ बर्ड फ्लुबाट ठुलो संख्यामा समुद्री चराको मृत्यु

आप्रवासन आप्रवासन

 

 अस्ट्रेलियामा एच५ बर्ड फ्लुका कारण देशमै पहिलोपटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको संघीय सरकारले जनाएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो।

कृषिमन्त्री जुली कोलिन्सका अनुसार दक्षिण अस्ट्रेलियाको केप जाफा सहरनजिक बिरामी तथा मृत अवस्थामा भेटिएका चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट एच५ बर्ड फ्लु भाइरस पुष्टि भएको हो। क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै कोलिन्सले भनिन्, 'यो सामूहिक मृत्युको पुष्टि भएको पहिलो घटना हो र यो निश्चित रूपमा निकै चिन्ताजनक विकास हो।'

उनले अस्ट्रेलियाली नागरिकहरूले अब वन्यजन्तुमा भाइरसको थप फैलावट र प्रभावित हुने चराको संख्या अझ बढ्ने अपेक्षा गर्नुपर्ने बताइन्। अस्ट्रेलियामा एच५ बर्ड फ्लु पहिलोपटक जुनमा देखिएयता हालसम्म यस घातक भाइरसका ७४ वटा संक्रमणका घटना पुष्टि भइसकेका छन्स रकारले विशेषगरी वन्यजन्तुमा भाइरसको फैलावटलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।