इरान युद्धका कारण विश्व बजारले गुमायो २ अर्ब ६० करोड ब्यारेल तेल

आप्रवासन आप्रवासन

 

इरानसँगको अमेरिकी युद्धका कारण विश्व ऊर्जा बजारबाट हालसम्म २ अर्ब ६० करोड ण्ब्यारेल कच्चा तेलको आपूर्ति घटेको८८ साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिन नासेरले बताएका छन् । 

युद्धका कारण प्रमुख समुद्री व्यापार मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र तेल बजारमा गम्भीर असर परेको उनले बताएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार मंगलबार दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा नासेरले युद्धले विश्वव्यापी तेल आपूर्तिमा ठूलो दबाब सिर्जना गरेको बताएका हुन् । नासेरका अनुसार विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्टे«ट अफ होर्मुज हुँदै हुने तेल ढुवानी अहिले युद्धअघिको तुलनामा करिब १० प्रतिशतमा मात्र सीमित भएको छ ।

उनले चेतावनी दिँदै भने, स्टे«ट बन्द रहिरहे प्रत्येक सातामा विश्व बजारले १० करोड ब्यारेलभन्दा बढी कच्चा तेल गुमाउने अवस्था आउनेछ । उनका अनुसार यदि आजै होर्मुज पूर्ण रूपमा सञ्चालनमा आए पनि युद्धका कारण घटेको विश्वव्यापी तेल भण्डार पुनः भरिन १८ महिनासम्म लाग्न सक्ने छ ।

 नासेरले विश्वभरका तेल प्रशोधन केन्द्र (रिफाइनरी)हरू पहिले नै उच्च क्षमतामा सञ्चालन भइरहेकाले अब कुनै ठूलो र अप्रत्याशित अवरोध आए ऊर्जा आपूर्तिमा अझ गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘यदि प्रमुख रिफाइनरीहरू लामो समयसम्म बन्द हुनुपर्‍यो भने विश्व ऊर्जा बजारमा अहिलेभन्दा अझ ठूलो दबाब सिर्जना हुनेछ ।' विश्लेषकहरूका अनुसार इरानसँगको युद्ध र पश्चिम एशियाको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढाएको छ ।

युद्धका कारण तेलको मूल्य बढेपछि दोस्रो त्रैमासिकमा उल्लेखनीय आर्थिक लाभ हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासिकमा यसको शुद्ध नाफा ४४ प्रतिशतले वृद्धि भएको छ । निर्यात मार्ग अवरुद्ध हुने चिन्ता र आपूर्ति घट्ने आशंकाका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्दा कम्पनीको आम्दानी पनि बढेको हो ।

 गत महिना इरान समर्थित यमनका हुथी विद्रोही र इराकका इरान समर्थक सशस्त्र समूहहरूले साउदी अराम्कोका केही पूर्वाधारलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेका थिए । यद्यपि कम्पनीले आफ्नो उत्पादन र निर्यातलाई निरन्तरता दिन विभिन्न वैकल्पिक मार्ग प्रयोग गरिरहेको जनाएको छ । अराम्कोले स्ट्रेट अफ होर्मुज, दाद सागरको बाब अल–मन्दाब  स्ट्रेट, सुएज नहर तथा इजिप्टको सुमेद पाइपलाइनलगायत उपलब्ध सबै मार्ग प्रयोग गरेर कच्चा तेल निर्यात गरिरहेको नासेरले बताए ।