एयर इन्डियाको उडानमा टर्बुलेन्स, यात्रु र चालक दलका सदस्यहरू घाइते

आप्रवासन आप्रवासन

 

 एयर इन्डियाको एउटा फ्लाइटमा अचानक टर्बुलेन्स भएको खबर आएको छ । यस घटनामा विमानका केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ ।

फुकेटबाट दिल्ली आउँदै गरेको उडान एआई–२३७९ मा यो घटना भएको हो । पाइलटहरूले एटीसीको सहयोगमा स्थिति नियन्त्रणमा लिए र विमान अवतरण गरेका थिए । उडान दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको र सबै यात्रु र चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ ।

कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई गम्भीर चोटपटक नलागेको बताइएको छ । कम्पनीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यात्रु र चालक दलको सुरक्षा कम्पनीको सर्वोच्च प्राथमिकता भएको बताए । टर्बुलेन्सबाट प्रभावितहरूलाई सबै सम्भावित सहयोग गरिरहेको र घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको पनि बताइएको छ ।