भारत बिहारको सितामढी मल लिन जाँदा पक्राउ परेका सर्लाही बलरा नगरपालिका–५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रिहा भएका छन् । उनीहरू एक महिनाअघि मल ल्याउन भारत गएका थिए । मल किनेर फर्किने क्रममा उनीहरूलाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
आज उनीहरूलाई त्यहाँका अदालतले छाड्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले बताए ।
‘उनीहरू यसअघि नै छुट्नेवाला थिए तर त्यहाँका न्यायधीश बिदामा बसेका कारण ढिलो भएको हो, दुवै जनालाई अदालतले जमानतमा छाड्न आदेश दिए पनि भारतकै कुनै व्यक्तिले साक्षी बसे बिहीबार अर्थात् भोलि घर ल्याउन दिन्छ’ अविनाशले बताए ।