काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट काठमाडौं र काठमाडौंबाट दमाम जाने आइतबारका दुवै उडान रद्द गरेको छ। एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै उडान रद्द गरिएको जानकारी दिएको हो।
हिमालय एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार २५ असोज २०८३, आइतबारका लागि निर्धारित काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान रद्द गरिएका हुन्। एयरलाइन्सले काठमाडौं–दमामतर्फको उडान नम्बर H9 559 र दमाम–काठमाडौंको उडान नम्बर H9 560 रद्द भएको जनाएको छ।
उक्त दिन काठमाडौं–दमाम उडान नम्बर H9 559 तथा दमाम–काठमाडौं उडान नम्बर H9 560 बाट यात्रा गर्ने तयारीमा रहेका यात्रुहरूलाई एयरलाइन्सले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
एयरलाइन्सले थप जानकारीका लागि आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा अवलोकन गर्न यात्रुहरूलाई अनुरोध गरेको छ। साथै, यात्रुहरूको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै उडान रद्द हुँदा परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ।
यद्यपि, सूचनामा उडान रद्द गर्नुको विस्तृत कारण तथा प्रभावित यात्रुका लागि वैकल्पिक उडान वा टिकट व्यवस्थापनसम्बन्धी जानकारी उल्लेख गरिएको छैन।
