बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुल बगायो

आप्रवासन आप्रवासन

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ ।

बुढीगण्डकी नदीमा आज आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिए।


बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत(सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल,  धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।