पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ ।
निम्स दाइका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन् । उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शवलाई अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण उद्धार कार्यपश्चात् बेस क्याम्प ल्याइएको हो ।
अत्यन्तै कठिन भौगोलिक परिस्थिति र प्रतिकूल मौसमका बिच सम्पन्न यस उद्धार मिसनको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए भने उनलाई सिरबाज खान र फिल्डमा खटिएको उद्धार टोलीले पूर्ण रूपमा साथ दिएको थियो