पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता

आप्रवासन आप्रवासन

 

पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दीहरू अफगानिस्तान फर्किएको जनाइएको छ । शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम ’टोलोन्युज’ले बिहीबार यो जानकारी सम्प्रेषण गरेको हो ।

पाकिस्तानी हिरासतबाट मुक्त भए पछि उनीहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

स्वदेश फर्कनेहरूमा विभिन्न कारणले फरक–फरक अवधिसम्म पाकिस्तानका कारगारमा राखिएका परिवार, बालबालिका तथा एकल व्यक्तिहरू रहेको जनाइएको छ । स्वदेश फर्किएकाहरूलाई उनीहरूको गृह क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न साझेदार संस्थाहरूबाट अत्यावाश्यक तथा आधारभुरत सहयोग उपलब्ध गराइएको जनाइएको छ ।