अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढ्यो

आप्रवासन आप्रवासन

 

 अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढेको छ । अगष्ट १ मा सकिएको हप्तामा १ लाख ९९ हजारले बेरोजगारी भत्ता पाउ भनेर आवेदन दिएको श्रम मन्त्रालयले बताएको छ ।

यो संख्या अघिल्लो हीताको तुलनामा १ हजार धेरै हो । मन्त्रालयले अघिल्लो हप्ता आवेदन दिनेको संख्या संसोधन गर्ने क्रममा १ हजारले बढाएर १ लाख ९८ हजार पुर्याएको छ । रोजगारी भत्ताका लागि साप्ताहिक रुपमा दिइने आवेदनलाई रोजगारी छटनीका प्रतिनिधि मानिन्छ । यो अमेरिकी श्रम बजारको स्वास्थ्यको वास्तविक–समय सूचकको नजिक रहन्छ । 

गत हप्ता, जुन महिनाको लागि अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’को मुद्रास्फीति मेट्रिक पीसीई ३ दशमलव  प्रतिशत रहेको देखिएको छ । यो फेडको २ प्रतिशतको लक्ष्यभन्दा धेरै माथि छ । महँगी उच्च रहिरह्यो भने यसमा अंकुश ब्याजदर बढाउन आफूहरू तयार रहेको फेडका अधिकारीहरूले बताएका छन् ।

गत महिना, सरकारी प्रतिवेदनले जुन महिनामा अमेरिकी रोजगारदाताहरूले कर्मचारी भर्ती कम गरेको अनि ५७ हजार मात्रै नयाँ रोजगारी सृजना भएको देखाएको थियो । यो संख्या अघिल्लो महिनाको कुल संख्याको आधा भन्दा कम थियो । मे महिनामा बेरोजगारी दर अघिल्लो महीनाको ४ दशमलव ३ प्रतिशतबाट झरेर ४ दशमलव २ प्रतिशतमा आएको छ । 

यो कमी मुख्यतया रोजगारबिहिन मानिसहरूले जागिर खोज्न छोडेकोअ नि उनीहरूलाई बेरोजगारको रूपमा गणना नगरिएकोले देखिएको बताइएको छ । मार्च, अप्रिल र मे महिनामा भने अमेरिकामा कर्मचारी भर्तीमा उच्च वृद्धि देखिएको थियो । मन्त्रालयले जुलाई महिनाको रोजगारी प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दैछ ।