भारतीय राजदूतले प्रधानमन्त्री बालेनलाई दिए मोदीको सन्देश

आप्रवासन आप्रवासन

 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।

राजदूत श्रीवास्तवले सोमबार बिहान प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाएका हुन्। भेटका क्रममा नेपाल र भारतबिचको बहुआयमिक तथा बलियो साझेदारीलाई थप प्रगाढ र सुदृढ बनाउने विषयमा फलदायी विचार विमर्श भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। प्रधानमन्त्रीसँगको भेटलाई उनले आफ्नो लागि सम्मानको विषय भएको बताएका छन्।

प्रधानमन्त्री बनेपछि शाहले राजदूतसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।  यसअघि उनले कुनै पनि विदेशी राजदूतसँग यसरी एक्लाएक्लै भेट गरेका थिएनन् । एक पटक राजदूतहरुसँग सामूहिक भेट भने गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।