उत्तरी फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु, ६ बेपत्ता

आप्रवासन आप्रवासन

 

उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए ।

प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष रहेका छन् । उद्धार गरिएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । बीचबीचमा वर्षा भइरहे पनि उद्धारकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन् । यसैबीच, पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने थप सात जनालाई स्थानीय गाउँको सभाहलमा राखिएको छ ।