जिम्बाबेमा डुङ्गा पल्टिँदा ७२ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

 जिम्बाबेम डुङ्गा पल्टिँदा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । करिबा तालमा यात्रुले खचाखच भरिएको डुङ्गा पल्टिएको प्रहरीले बताएको छ । उद्धारकर्मीहरूले अरू २६ जनको शव भेट्टाएको र योसँगै मर्नेको संख्या ७२ पुगेको प्रहरीले बताएको छ ।दुघर्टनामा परेको डुङ्गा निकै थोत्रो भइसकेको र यो करिबा सहरबाट देशको उत्तरपश्चिमतर्फ रहेको ग्रामीण भेगतिर गइरहेको बताइएको छ ।

डुङ्गामा कति मानिस सवार थिए र कति बेपत्ता छन् भनेर अधिकारीहरूले केही पनि भनेका छैनन् । यद्यपि, ९० जना यात्रु क्षमता भएको डुङ्गामा करिब १५३ जना सवार रहेको हुन सक्ने अनुमान गरिएको छ । ७७ जनाको उद्धार गरिएको जिम्मावेको विपद् व्यवस्थापन एजेन्सीले भनेको छ ।  टिकट काट्नु पर्ने साना बालबालिकालाई यात्रुको सूचीमा नराखिने भएकोले सुरुमा अधिकारीहरूले डुङ्गामा सवार बालबालिकाहरूको संख्या अज्ञात बताएका थिए । तर मृतकमध्ये १६ जना १० वा सोभन्दा कम उमेरका भएको प्रहरीले जारी गरेको मृतकको सूचिले देखाएको छ ।

करिबा संसारको सबैभन्दा ठुलो मानव निर्मित ताल हो । आयतनको हिसाबले यो विश्वको सबैभन्दा ठुलो ताल पनि हो । सन् १९५० को दशकको अन्त्य र १९६० को दशकको सुरुवातमा जाम्बेजी नदीमा बाँध लगाएर यो बाँध बनाइएको थियो ।  ताल २०० किलोमिटर (१२४ माइल) भन्दा लामो यो ताल ठाउँठाउँमा ४० किलोमिटर (२५ माइल) सम्म चौडा छ । यो ताल जिम्बाब्वे र जाम्बिया दुवै देशको हो । तालको बिच भागमा दुई देशको सिमाना छ ।