भारतको उत्तर प्रदेशस्थित वाराणसी विमानस्थलमा आइतबार अचानक गोली चल्दा दुई जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजमगढका एक यात्री वाराणसीबाट मुम्बई जान लागेका थिए । ती यात्रीसँग रहेको पेस्तोलबाट अचानक गोली चलेको हो ।
विमान सुरक्षा नियम अनुसार ती यात्रीले आफूसँग रहेको पेस्तोलबाट म्यागजिन निकालेर सुरक्षा जाँच गराउने क्रममा अचानक गोली चलेको हो । गोली लागेर एक पुरुष र एक महिला घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले पेस्तोल बोकेका यात्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् ।