अन्तरिम समझदारीपत्र (एमओयू)मा गरिएका प्रतिबद्धता अमेरिकाले पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज नखोलिने इरानका संसद् सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले बताएका छन् ।
गालिबाफका अनुसार सम्झौताका शर्तमा अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपन लगायतका प्रतिबद्धता छन् ।
‘म स्पष्ट रूपमा भन्न चाहन्छु किः नाकाबन्दी हटाउने, जम्मा गरिएको सम्पत्ति रिहा गर्ने, तेल प्रतिबन्ध हटाउने, सबै मोर्चामा धम्की र सैन्य कारबाहीको अन्त्य गर्ने, र ज्ञापनपत्रमा अमेरिकाले सहमति जनाएको अन्य सर्तहरू सहितको समझदारीपत्रमा अमेरिकाले गरेका प्रतिबद्धताहरू कार्यान्वयन नभएसम्म स्ट्रेट खुल्ने छैन,’ गालिबाफले भने ।