भेनेजुएलाले आफ्नो तेल उत्पादनको झन्डै आधा अमेरिका निर्यात गरिरहेको जनाइएकाे छ । भेनेुएलाबाट अमेरिकामा दैनिक १२ लाख ५० हजार ब्यारेल तेल गइरहेको अमेरिकी ऊर्जामन्त्री काइल हास्टवेटले मंगलबार ह्युस्टनमा आयोजित एक कार्यक्रममा जानकारी दिएका हुन् ।
तेल कच्चा तेल प्रशोधनका लागि भनेर बनाइएका रिफाइनरीमा गइरहेको पनि उनले बताए । भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भन्डार छ । भेनेजुएलासँग ३०३ अर्ब ब्यारेल कच्चा तेल भएको र यो विश्वमा प्रमाणित कुल तेलको १७ प्रतिशत भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएकाे छ ।
तर दशकौँसम्मको कम लगानी र पश्चिमा प्रतिबन्धका कारण भुनेजुएलाको तेल उत्पादन विश्वको कुल आपूर्तिको १ प्रतिशतमा खुम्चिएको छ । २०२५ को अन्त्यमा यसले दैनिक १० लाख ब्यारेल तेल उत्पादन गरेको थियो । योमध्ये १ लाख ३५ हजार ब्यारेल अमेरिका गएको थियो । भेनेजुएलाको कच्चा तेल निकै भारी र अमिलो हुन्छ । अमेरिका गल्फ कोष्टमा रहेका तेल प्रशोधन केन्द्र यस्तै तेल प्रशोधनका लागि बनाइएका हुन् ।
जुलाईमा फाइनन्सियल टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले यो वर्ष मात्रै भेनेजुएली तेल बेचेर १३ अर्ब डलरभन्दा धेरै कमाएको जनाएको छ । तर यो समाचारको जवाफमा ट्रम्पले वास्तविक रकम झनै धेरै हुनसक्ने भनेका थिए । nयसमध्ये ३ अर्ब डलर भेनेजुएलालाई दिने अनुमति अमेरिकी विदेश मन्त्रालयले दिएको अप्रिलमा मन्त्रालयले कङ्ग्रेसलाई भनेको थियो । ७ महिनाअघि अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी वासिङ्टन लगेको थियाे ।