फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर युद्ध छेडेयता ७५० भन्दा धेरै अमेरिकी सेना घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले अपडेट गरेको इरान युद्धमा हताहतसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
इरान र अमेरिकाबिच युद्ध अन्त्य गर्नेसम्बन्धी वार्तामा गतिरोध आइरहेको बेलामा बुधबार पेन्टागनले तथ्याङ्क संशोधन गर्दै घाइतेको संख्या ५० भन्दा धेरैले थपेको थियो । विदेशमा कारबाहीसम्बन्धी अपडेटेड रक्षा दुर्घटना विश्लेषण प्रणाली तथ्यांकअनुसार इरान युद्धका क्रममा १८ जना अमेरिकी सेनाको मृत्यु भएको छ भने घाइतेको संख्या ७५७ पुगेको छ ।
पेन्टागनले गएको महिना यो विदेशमा कारबाहीसम्बन्धी डेटाबेस राख्न थालेको थियो ।