अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
नेसलन ट्रास्पोर्टेसन सेक्युरिटी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र छ यात्रु थिए। विमान एन्कोरेजबाट केप न्युवेनहमतर्फ जाँदै थियो र अवतरणका क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी छ।
घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान सुरु गरेको छ। विमानमा सवारहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त भएको छैन।