किमलाई फेरि भेट्न चाहन्छन् ट्रम्प, तर उत्तर कोरियालाई छैन हतार

आप्रवासन आप्रवासन

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न चाहेका छन् । यो वर्षको अत्यतिर किमसँग भेट होस् भन्ने आशामा उनी छन् । तर उनको यो ईच्छामा उत्तर कोरियाले चिसो प्रतिक्रिया दिएको छ ।

किम र ट्रम्पबिच सम्बन्ध निकै राम्रो रहेको भएपनि त्यस्तो खालको कुनै भेटका लागि कठोर शर्तहरू तय गरिने संकेत उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाप्रति शत्रुतापूर्ण रहेको भन्दैयो हप्ताको शुरुमा ट्रम्पले अचानक दक्षिण कोरियासँगको सैन्य अभ्यासमा कटौती गरेका थिए ।

बुधबार भने उनले किमलाई यो वर्षको अन्त्यसम्म भेट्ने आशा व्यक्त गरेका थिए । ट्रम्प उत्तर कोरियासँग वार्ता गर्न निकै उत्सुक छन् । अन्तरराष्ट्रिय मञ्चमा आफ्नो खातामा अर्कोे जित लेखाउन पनि उनले यसप्रति चासो देखाएको अमेरिका र दक्षिण कोरियाली अधिकारीहरूबीचको वार्ताबारे जानकार व्यक्तिले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।

इरानसँग ६ महीनादेखि जारी अमेरिकाको युद्ध तत्कालै अन्त्य हुने कुनै सम्भावना छैन । युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले आफ्ना सेना, उपकरणहरू पठाइरहँदा ट्रम्पले किमसँग वार्ता गर्ने प्रस्ताव गरेका हुन् । ट्रम्पको रणनीतिप्रति दक्षिण कोरियाले खासै प्रतिक्रिया जनाएको छैन । यो वर्षको अन्त्यतिर ट्रम्प एशिया प्रशान्त आर्थिक सहकार्य सम्मेलनमा सहभागी हुन चीनको शेन्झेन आउँदैछन् । त्यतिबेला यही क्षेत्रमा उत्तर कोरियाली नेतासँग भेटघाटको अवसर ट्रम्पले जुटाउन खोजेको स्रोतले बताएका छन् ।

उत्तर कोरियासँग पूर्व शर्त बिना वार्ताका लागि अमेरिका खुला रहेको अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बताए । ट्रम्प र किमले उपर्युक्त समयमा फेरि भेटघाट गर्ने उनको भनाइ थियो । यस विषयमा ह्वाइट हाउसले कुनै पनि प्रतिक्रिया दिन मानेन । उत्तर कोरियाले किम र ट्रम्पको सम्बन्धलाई उत्कृष्ट व्यक्तिगत सम्बन्ध भन्नुलाई अमेरिकासँगको सम्बन्धका रुपमा नहेरेर व्यक्तिगत सम्बन्धका रुपमा हेरेको क्युङनाम विश्वविद्यालयको इन्ष्टिच्यूट फर फार इष्टर्न स्टडिजमा प्राध्यापक रहेको लिम युल–चुलले भने ।

व्यक्तिगत सम्बन्धका कारण राष्ट्रिय सुरक्षा हित वा सैन्य क्षमतालाई सुदृढ पार्ने प्रयासमा कहिल्यै सम्झौता नुहने लिमले भनिन् । यसो भनेर प्योङयाङले व्यक्तिगत कूटनीतिको सीमा हुन्छ र यसले रणनीतिक प्राथमिकताहरूलाई ओझेलमा पार्दैन भन्ने संकेत गरिरहेको उनको बुझाई छ । किमकी बहिनी किम यो जोङले दक्षिण कोरियासँगके सैन्य अभ्यासमा कटौतीलाई खारेज गर्दै यसको निरन्तरता आक्रामक रहेको र उत्तर कोरियाप्रति अमेरिकी नीति अझै पनि शत्रुतापूर्ण रहेको बताएकी छिन् । ट्रम्प र किमबीच कुनै सम्पर्क भएको कुरालाई पनि उनले अस्वीकार गरिन् । तर दुबैबीचको सम्बन्धलाई उनले उत्कृष्ट चाहिँ बताइन् ।