इटालीमा आएको शक्तिशाली आँधीका कारण विमानस्थलमा रहेका चारवटा हलुका विमान उडाउँदै पल्टाइदिएको छ । सार्वजनिक भएको भिडियोमा विमानहरू रनवेमा खेलौना जसरी यताउता उडाएको र पल्टिएको देखिन्छ । तीमध्ये एउटा विमान अवतरणका क्रममा हावाले आफ्नो मार्गबाट बाहिर धकेलेको थियो भने पार्किङमा रहेका अन्य तीन विमान पनि आँधीको वेग थेग्न नसकेर पल्टिएका थिए ।
इटालीको एमिलिया-रोमाग्ना क्षेत्रमा पर्ने फोर्लीमा शक्तिशाली चक्रवात आएपछि करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । खराब मौसमका कारण फोर्ली विमानस्थलमा ठुलो क्षति पुगेपछि विमानस्थललाई अस्थायी रूपमा एक घण्टाका लागि बन्द गरिएको थियो । रिपोर्टअनुसार विमानस्थलको ह्याङ्गरको केही भागको पर्खाल पनि आँधीले उडाएको थियो। आँधीले आगमन टर्मिनलको छानोमा समेत क्षति पगेको थियो ।
हावाको गति कम भएपछि दमकल र विमानस्थलका आपत्कालीन टोलीले क्षतिको विस्तृत निरीक्षण गरेका थिए । उनीहरूले इन्धन चुहावटलगायत सम्भावित जोखिमको जाँच गर्नुका साथै बाँकी विमानलाई थप क्षति हुन नदिन सुरक्षित अवस्थामा राखेका थिए ।
उनीहरु सँगै सँगै बढ्ने बचतको लागि उत्तरी इटालीका लिगुरिया, लोम्बार्डी, टस्कनी र इटालियन आल्प्सलगायतका क्षेत्रमा पनि शक्तिशाली आँधी आएको थियो। चक्रवातका कारण तीव्र हावा, चट्याङ, बाढी र भारी वर्षा पनि भएको थियो ।