उत्तर कोरियाका नेता किम जोङ उनले देशको उच्च सैन्य नेतृत्वमा फेरबदल गरेका छन् । उनले किम सङ गीलाई नयाँ रक्षामन्त्री नियुक्त गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार किम सङ गी यसअघि सेनाको राजनीतिक ब्युरोका निर्देशक थिए । उनलाई नो क्वाङ चोलको ठाउँमा रक्षामन्त्री बनाइएको हो ।
नो क्वाङ चोललाई भने फेरि शक्तिशाली हातहतियार उद्योग विभागमा वरिष्ठ पदमा नियुक्त गरिएको छ । सैन्य नेतृत्वमा भएको यो उच्चस्तरीय फेरबदललाई उत्तर कोरियाको युद्ध क्षमतासँग सम्बन्धित हतियार विकासमा योगदान पुर्याएका रक्षा वैज्ञानिकलाई किम जोङ उनले सम्मान गरेको रुपमा अर्थ्याइएको छ ।
युक्रेन युद्धका बीचमा उत्तर कोरियाले रुससँग आफ्नो सम्बन्ध थप नजिक बनाउँदै गएको समयमा सैन्य नेतृत्वमा यो फेरबदल भएको हो ।