नले दोस्रो चरणको मानवीय सहायता पठाइयो, थप पाँच विशेषज्ञ उद्धारमा खटिने

आप्रवासन आप्रवासन

 

चीनले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि दोस्रो चरणको आपत्कालीन मानवीय सहायता पठाएको छ ।

चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२० विशाल ढुवानी विमानमार्फत मंगलबार चीनको दक्षिणी ग्वाङडोङ प्रान्तस्थित सेन्जेनबाट सहायता सामग्री काठमाडौं पठाइएको हो ।

नियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सहायता सामग्री बोकेको विमान मंगलबार दिउँसो सेन्जेनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । विमानमा सेन्जेनका पाँच जना विशेषज्ञसमेत सहभागी छन्, जसले नेपालमा उद्धार तथा राहत कार्यमा सहयोग गर्नेछन् ।

चीनको वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो नेपाललाई पठाइएको चिनियाँ सरकारको दोस्रो चरणको सहायता हो । करिब ५.८ टन तौलको उक्त सामग्रीमा तत्काल आवश्यक पर्ने पानी शुद्धीकरण उपकरण, प्रकाशसम्बन्धी उपकरण, आनुवंशिक परीक्षण उपकरण र ड्रोन समावेश छन् ।

नेपालमा पहिरो तथा बाढीबाट ठूलो क्षति भएपछि थप आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने चिनियाँ प्रयासअन्तर्गत उक्त सामग्री पठाइएको हो । चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार प्रशासन र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच समन्वय गरी आवश्यक सामग्री तत्काल जुटाइएको थियो ।

सामग्री विमानस्थलसम्म पुर्‍याउन अधिकारीहरूले रातारात काम गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

सेन्जेन पाओआन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राहत सामग्रीका लागि तत्काल ‘ग्रीन च्यानल’ सञ्चालन गरेको थियो । त्यसअन्तर्गत छुट्टै कर्मचारी परिचालन, कागजातको अग्रिम जाँच तथा निरीक्षण प्रक्रिया सरल बनाइएको थियो ।

विमानस्थलले सुरक्षा जाँच, सामान लोड–अनलोड तथा प्यालेट व्यवस्थापनका लागि विशेष कार्यदलसमेत गठन गरेको थियो । छुट्टै प्रस्थानमार्गमार्फत राहत सामग्रीलाई विमानस्थलमा आइपुग्नेबित्तिकै प्राथमिकता प्राप्त लोडिङ क्षेत्रमा पुर्‍याइएको पनि चिनियाँ संचारमाध्यमले जनाएका छन् ।