बिहेघरमा मिसाइल प्रहारको घटनामाथि छानबिन गर्दैछ अमेरिका

आप्रवासन आप्रवासन

 

दक्षिण इरानमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइल लागेर चार जनाको मृत्यु भएको घटनामाथि अमेरिकी सेनाले छानबिन गर्ने भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । सिरिक शहरमा मिसाइलको छर्राले बिहे घरमा लागेका मंगलबार मानवतावादी समूह इरानियन रेड क्रेसेन्ट सोसाइटी (आईआरसीएस)ले भनेका थियो । 

यसपछि इरानी विदेशमन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले यसलाई युद्ध अपराध भनेका थिए । पश्चिम एसियामा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमणको जवाफमा अमेरिकाले इरानमा कयौँ मिसाइल प्रहार गरेको थियो । तर सेनाले सर्वसाधारणलाई कहिले पनि निशाना नबनाएको अमेरिकी मध्य कमान्डका प्रवक्ताले भनेका छन् ।

कथित हमलाको रिपोर्टप्रति आफू निकै सशङ्कित रहेको तर वास्तविक घटना के हो भनेर अमेरिकाले अनुसन्धानबाट पुष्टि गर्ने भान्सले बिहिबार बताए । अहिलेसम्म द्वन्द्वमा के भयो भन्नेबारे इरानको सरकारी सञ्चार माध्यमले खासै राम्रो नलेखेकोले यस घटनाप्रति पनि आफ्नो मनमा शंका उब्जिएको ह्वाइट हाउसको ब्रीफिंगमा भान्सले भनेका थिए ।

 ‘मलाई थाहा छ कि हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । कथित हमलाको प्रतिक्रियामा इरानले कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका अमेरिकी अड्डाहरूमा नयाँ आक्रमणहरू गरेको थियो । बिहे घरमा भएको आक्रमणमा अरु ६७ जना घाइते भएको आईआरसीएसले भनेको छ । अर्की एक महिलाको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।