भन्सार छलेर भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरी नियन्त्रणमा

आप्रवासन आप्रवासन

भन्सार छली अवैध रूपमा भित्र्याइएको १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका भित्र अवैध रूपमा भन्सार छलेर भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार अवैध रूपमा भित्र्याएर प्रयोगमा ल्याएको जनगुनासो बढेपछि खोजतलासको क्रममा उक्त भारतीय इलेक्ट्रिक स्कुटरहरू फेला परेको हो ।

 फेला परेको स्कुटरहरूको बजार मूल्य १३ लाख ६० हजार रुपैयाँ पर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त स्कुटर वीरगन्ज भन्सार कार्यालयमा बुझाउने जनाएको छ ।