अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यगर्न सम्झौता गर्नुपर्ने वा इरानलाई ध्वस्तपार्ने विकल्प रहेको चेतावनीदिएको एक दिनपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकासामु नझुक्ने स्पष्ट सन्देश दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई बुधबार सम्बोधनगर्दै पेजेस्कियानले इरानले दबाब, प्रतिबन्ध र धम्कीका कारण आफ्नो अडान नछाड्ने बताए । उनले भने, ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ र घुँडा टेक्ने छैनौँ ।’
पेजेस्कियानले ट्रम्पको अघिल्लो दिनको सम्बोधनलाई संकेत गर्दै प्रतिबन्ध, बढ्दो दबाब र ‘धम्की’ले इरानीजनताको प्रतिरोध अझबलियो बनाउने दाबी गरे ।उनकाअनुसार सैन्य शक्तिले वैधताको स्थानलिनु, आतंकवादले राजनीतिर वार्ताको स्थानलिनु तथा युद्धले संवाद र कूटनीतिको स्थानलिनु विश्व सुरक्षाकालागिखतरनाक हुन्छ ।
‘इरानीजनता आतंकवादका पीडित’
पेजेस्कियानले युद्धको सुरुवातमा इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी हमलालाई उल्लेख गर्दै इरानीनागरिकहरू नै ‘आतंकवादका पीडित’ भएको दाबी गरे ।उनको सम्बोधन सुरु भएको केहीमिनेटमै हलमाउपस्थित अमेरिकी प्रतिनिधि बाहिरिएका थिए ।
इरानी राष्ट्रपतिले आफ्नो देशले आणविक प्रविधि खोजरहेको बताएका छन् । उनकाअनुसार, त्यो ‘प्रगतिको लागिहो, समाजलाई आणविक हतियारबाट धम्क्याउनहोइन’भनिबताएका छन् ।उनले इरान सुरक्षा र सहकार्यका लागि विश्वका अन्य मुलुकसँग संवादगर्न तयार रहेको पनि बताए ।
होर्मुजलाई लिएर पनि कडा चेतावनी
पेजेस्कियानले स्ट्रेट अफहोर्मुजलाई आफ्नो देशविरुद्ध आक्रमण गर्ने माध्यमका रूपमाप्रयोग गर्न कुनै पनिमुलुकलाई नदिने बताए । उनले क्षेत्रीय सुरक्षाका लागि सबै देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
इरानले यसअघि पनि अमेरिकाले सैन्य दबाब र नाकाबन्दी घटाएमा स्ट्रेट अफहोर्मुज पुनःखोल्न तयार रहेको संकेत दिएको थियो ।
उनले इरानले युद्ध सुरु नगरेको र वार्ताको टेबलप्रति प्रतिबद्ध रहेको दाबीगर्दै शान्तिकालागि कूटनीतिक बाटो खुला राखेको संकेत पनिदिए ।
ट्रम्पको ‘ध्वस्तपार्ने’ चेतावनीपछि कूटनीतिक संकेत
ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्दै इरानसँग सम्झौता हुन नसके त्यसलाई ‘ध्वस्त’पार्ने चेतावनी दिएका थिए । उनले इरानलाई आणविक हतियार बनाउननदिने अमेरिकी अडान दोहोर्याएका थिए ।
तर त्यसैबीच अमेरिका र इरानबीच न्यूयोर्कमा मध्यस्थमार्फत वार्ता भएको संकेत पनि आएको छ । रोयटर्सका अनुसार दुवै पक्षबीचलामो समयपछि पहिलोपटक प्रत्यक्ष कूटनीतिक सम्पर्कको प्रयास भएको छ । यसले सार्वजनिक रूपमा देखिएको कडा भाषणसँगै पर्दापछाडि वार्ताको सम्भावनापनिकायम रहेको देखाएको छ ।
जेलेन्स्की र भेनेजुएलाकी रोड्रिगेज पनि सम्बोधन गर्दै
महासभाको बुधबारको सत्रमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सम्बोधन गर्दैछन् । युक्रेन युद्ध अन्त्यका लागि रूस र अमेरिकासहित त्रिपक्षीय वार्ताका लागिआफू तयार रहेको उनले यसअघि बताएका छन् ।
त्यस्तै, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पनिमहासभालाई सम्बोधनगर्ने कार्यक्रम छ ।उनकापूर्ववर्ती निकोलस मादुरो हाल अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलाको सम्बोधनलाई पनि महासभामा विशेष चासोका साथ हेरिएको छ ।
यस वर्षको संयुक्त राष्ट्र महासभा पश्चिम एशियाको युद्ध, युक्रेन युद्ध र अमेरिका–इरान तनावका कारण विशेष रूपमा कूटनीतिक केन्द्र बनेको छ ।