इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन सुरु गरे लगत्तै दर्जनौँ देशका प्रतिनिधि महासभा हलबाट बाहिरिएका छन् ।
बिहीबार न्युयोर्कस्थित युएन मुख्यालयमा नेतन्याहु सम्बोधनका लागि मञ्चमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएका हुन् । उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेका थिए ।
प्रतिनिधिहरू बाहिरिएपछि नेतन्याहुले उनीहरूलाई ‘नैतिक कायर’ भन्दै आलोचना गरे । उनले आफूले बोल्न सुरु गर्नुअघि नेतन्याहुको भाषणप्रति असन्तुष्ट अरू प्रतिनिधिलाई पनि हल छाड्न चुनौती दिएका थिए ।
नेतन्याहुको सम्बोधन इजरायल–प्यालेस्टाइन द्वन्द्व र गाजाको युद्धलाई लिएर अन्तर्राष्ट्रिय दबाब तथा आलोचना बढिरहेका बेला भएको हो ।