श्रमिकलाई आर्थिक सहायता

विदेश गएका ७ हजार श्रमिकका परिवारले पाए आर्थिक सहायता

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका झन्डै ७ हजार श्रमिक र तीनका परिवारले आर्थिक सहायता पाएका छन् । वैदेशिक रोजगार बोर्डले गत साउनदेखि जेठसम्ममा ६ हजार ९७२ जनालाई कल्याणकारी सेवा प्रदान गरेको हो ।

जस क्रममा यस अवधिमा वैदेशिक रोजगारीमा ज्यान गुमाउने १ हजार ३३३ जनाका परिवारलाई ८७ करोड ८२ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यो अवधिमा ८०६ मृतक श्रमिकको शव घरसम्म ढुवानी गरिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीमा मृत्यु या अङ्गभङ्ग भएकाका ३ हजार २४५ सन्ततिले छात्रवृत्ति पाएका छन् । ती बालबालिकालाई २ करोड ९७ लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिइएको हो ।

स्तै, रोजगारीका क्रममा अङ्गभङ्ग वा गम्भीर बिरामी भएका ६१२ जना श्रमिकले १६ करोड ५१ लाख रुपैयाँ सहायता पाएका छन् ।

पछिल्ला ११ महिनामा विदेशमा अलपत्र परेका १८७ जनाको उद्धार तथा खोजतलास समेत गरिएको छ ।