सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न आग्रह

आप्रवासन आप्रवासन

 सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, २०८३ बमोजिम काम गर्न र गराउन अनुरोध गरेको हो ।

उक्त कार्यविधि मन्त्रिपरिषद्बाट गत कात्तिक १७ गते स्वीकृत भएको थियो । कार्यालयले आफ्नो निर्णयअनुसार कार्यविधिमा व्यवस्था भएबमोजिम श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी काम अघि बढाउन आग्रह गरेको जनाएको छ ।