प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता

आप्रवासन आप्रवासन

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ।

यसैबिच प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ‘हैदराबाद हाउस’ मा भेटवार्ता सुरु भएको छ ।

दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२:२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ।

सोमबार बिहान शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिएको थियो । त्यसलगत्तै उनले बिहान राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए।

त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।