गैरआवासीय राजदूत

आयरल्याण्ड र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

आप्रवासन आप्रवासन

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र डेनमार्कका लागि राजदूत सुम्निमा तुलाधरको जिम्मेवारी थपिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार दुवै जनालाई थप एक एक देशको जिम्मेवारी थप गरेका हुन् ।

राष्ट्रपति पौडेलले घिमिरेलाई आयरल्याण्ड र तुलाधारलाई फिनल्याण्डको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

ती दुवै देशमा नेपालको आवासिय राजदूतावास छैन् ।

दुवै देशमा जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गइरहेको सन्दर्भमा गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।