सरकारले विवादास्पद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भर्खरै लोकसेवा पास गरेका कर्मचारीलाई खटाएको छ ।
गृह मन्त्रालयले हालै मात्र लोकसेवाको पास गरेर तालिम लिएका ४५ जना अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाएको हो ।
उनीहरुलाई आजैबाट काममा खटाइएको हो ।
अध्यागमन विभागका अनुसार आजदेखि अध्यागमन कार्यालयका प्रमुखमा सहसचिव नरहरि घिमिरेसहित ४५ जना शाखा अधिकृतले जिम्मेवारी सम्हालेका छन् ।
ती कर्मचारीहरुलाई ३ दिनको तालिम दिएर विमानस्थल अध्यागमनमा खटाइएको हो ।
गृह मन्त्रालयले केही दिनअघि मात्रै विमानस्थल अध्यागमनमा खटिएका ४५ शाखा अधिकृतलाई नै मन्त्रालय तानेको थियो ।
गत जेठ ७ गते विमानस्थलका अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएपछि अध्यागमन कार्यालय विवादको केन्द्रमा छ ।
आयोगले सो प्रकरणमा छानबिन गरिरहेको छ ।