अमेरिका प्रवेश

अमेरिका प्रवेशका लागि अब १५ हजार डलर चाहिन सक्ने

आप्रवासन आप्रवासन

अमेरिका प्रवेश गर्न अब १५ हजार डलर आवश्यक पर्न सक्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशीले अमेरिका प्रवेश गर्दा १५ हजार अमेरिकी डलरसम्म जमानती बन्ड जम्मा गर्नुपर्ने योजना सुरु गर्न लागेको हो ।

यो योजना अमेरिकामा ओभरस्टेका घटना धेरै भइरहेका देशका नागरिकहरुको पर्यटक वा व्यापार भिसामा लागु हुने जनाइएको छ ।

यस्तै, नागरिकता पाउन सहज भएका र जाँच प्रणाली कमजोर मानिएका देशहरु समेत यस व्यवस्थामा समेटिने बताइएको छ ।

त्यस्ता देशबाट अमेरिका जान चाहने नागरिकले धरौटीका रुपमा अधिकतम अधिकतम १५ हजार डलरसम्म बुझाउनु पर्ने छ ।

यदि व्यक्ति तोकिएको समयमा अमेरिकाबाट फर्किए रकम फिर्ता हुने छ ।

तर तोकिएको समयमा पनि नफर्किएमा भने सो रकम जफत हुने बताइएको छ ।

यो योजना यही महिनाबाट सुरु हुने र १२ महिनासम्मको  परीक्षण काल रहने छ ।

अमेरिकामा वर्सेनि लाखौँ मानिस तोकिएको समयभन्दा बढी बस्ने गरेका छन् ।

सन् २०२३ मा करिब ५ लाख मानिसले अमेरिकामा ओभरस्टे गरेका थिए ।